हाम्रो समाजमा यौनकै कारण कतिपय परिवार भाँडिएको छ, झगडाको बिउ रोपिएको छ ।यो यसकारण पनि भइरहेको छ कि हामीलाई यौनको जैविक जानकारी कम छ । हामी मध्ये धेरैलाई सेक्स कतिबेला गर्नुपर्छ भन्ने नै थाहा छैन ।
हालसालै अमेरिकन मेडिकल एसोसिएसनमा भएको एक अनुसन्धानमा पुरुष बिहानको समयमा यौन गर्न बढी इच्छुक हुने रहस्य खुलेको छ । तर, ठिक उल्टो महिला भने मध्यरातमा बढी रोमान्टिक हुने र यौन सम्पर्क गर्न रुचाउने तथ्य सार्वजनिक भएको छ । उक्त अनुसन्धानका अनुसार यस्तो हुनुको पछाडि हर्मोनले भूमिका खेल्ने गर्दछ । हर्मोनकै कारण महिला राति बढी रोमान्टिक हुन्छन् भने पुरुषलाई यतिबेला कम रुचि राख्ने वा सुत्ने गर्दछन् ।
यस्तै समस्या महिलालाई बिहान हुन्छ । बिहानको समयमा पुरुष धेरै रोमान्टिक हुन्छन् भने महिला ठिक उल्टो । अनुसन्धानमा पत्ता लागे अनुसार बिहान ५ देखि ७ बजेसम्म पुरुषको टेस्टेस्टेरोन हर्मोनको मात्रा बढी हुन्छ जसको कारण पुरुषको मन त्यतिबेला बढी रोमान्टिक हुन्छ र उनीहरु सेक्सको लागि लालायित हुन्छन् । बिहानको समय पुरुषको हर्मोन अरु समयमा भन्दा २५ देखि ५० प्रतिशतसम्म बढ्छ । महिलामा पनि टेस्टेस्टेरोन हर्मोन त बन्छ तर एस्ट्रोजन र प्रोजेस्टेरोनका कारण सन्तुलित रहन्छ ।
महिलामा यसको मात्रा राति बढ्छ जसका कारण उनीहरु रातको समयमा सेक्सका लागि बढी लालायित हुन्छन् । अनुसन्धानमा पुरुष जति गहिरो निन्द्रा सुत्छन्, त्यति टेस्टेस्टेरोनको मात्रा बढी हुने तथ्य खुलेको छ । अमेरिकन मेडिकल एसोसिएसनले गरेको उक्त अध्ययनका अनुसार ५ घन्टाभन्दा बढी सुत्नाले पुरुषमा टेस्टेस्टेरोनको मात्रा १५ प्रतिशतसम्म बढ्न सक्छ ।
अनुसन्धानका अनुसार सुतेर उठ्दा पुरुषमा यौनको चाहना धेरै हुन्छ जबकि यसको उल्टो महिलामा एकदमै कम । साँझ ६ बजेपछि पुरुषमा टेस्टेस्टेरोनको मात्र घट्न थाल्छ । जबकि महिलामा सेक्स हर्मोनहरु बढ्न थाल्छ । साँझ ढल्कन थालेपछि महिलाहरुमा ३० प्रतिशतभन्दा बढी सेक्सको चाहना बढ्छ ।
सबैभन्दा धेरै ध्यान दिनुपर्ने कुरा त अनुसन्धानबाट अफिसको तनाव बढी हुने पुरुषमा टेस्टेस्टेरोनको मात्रा घट्छ । यसैगरी आफूलाई मन पर्ने टिमले खेल जित्दा पनि टेस्टेस्टेरोन हर्मोन २० प्रतिशतसम्म बढ्ने अनुसन्धानबाट खुलेको छ ।
0 comments:
Post a Comment